काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् । हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
संस्थाको आर्थिक सुदृढीकरण र पारदर्शिताका साथै मित्यव्ययितालगायतका ठोस कार्ययोजनाका साथ आफू चुनावी मैदानमा खडा भएको उनले बताएका छन् । बेल्जियममा स्थापित व्यवसायी उनको नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी रहेको छ भने सामाजिक सक्षेत्रमा समेत उनले उल्लेखनीय काम गर्दै आएका छन् ।