बिटक्वाइनलाई आधिकारिक मुद्राको मान्यता दिने पहिलो देश बन्यो एल साल्भाडोर

बिटक्वाइनलाई आधिकारिक मुद्राको मान्यता दिने पहिलो देश बन्यो एल साल्भाडोर

काठमाडौं । विश्वमै पहिलोपटक एल साल्भाडोरले पछिल्लो समय प्रख्यात र विवादास्पद मानिएको क्रिप्टोकरेन्सी बिटक्वाइनलाई आधिकारिक मुद्राका रूपमा अपनाउन स्वीकृति दिएको छ । यो निर्णयसँगै विश्वभर बिटक्वाइनजस्ता डिजिटल करेन्सी नयाँ अवसर हुन् या खतरा बन्न सक्छन् भन्नेमा बहस सुरु भएको छ ।

अब एल साल्भाडोरमा सबै व्यवसायीले मुद्राका रूपमा बिटक्वाइनलाई स्वकार्नैपर्ने हुन्छ । यता, सरकारले प्रत्येक नागरिकलाई ३० डलर बराबरको बिटक्वाइन प्रदान गर्ने हुँदा लाखौँ मानिसले सरकारको नयाँ ‘डिजिटल वालेट एप’ डाउनलोड गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, बिटक्वाइनका समर्थकहरूले यसको मूल्य वृद्धिमा मद्दत गर्न विश्वभरबाट ३० डलर बराबरको डिजिटल क्वाइन खरिद गरिरहेका छन् ।

प्रकाशित मिति:     २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar