काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि १५७ जना विदेशी आरोहीले अनुमती लिएका छन् ।
हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकै बीचमा पनि ठूलो संख्यामा आरोहण हुने भएको पर्यटन विभागको तथ्याङकले देखाएको छ । १५ आरोहणदलबाट ३३ जना महिला र १२४ जना विदेशी आरोही रहेका छ्न ।
वातावरणीय हिसावले बर्षामा भन्दा हिउँदमा सहज हुने भएकाले मनास्लुमा आरोहीहरु आउने गरेका हुन । यो हिमाल आरोहण जोखिमपूर्ण मध्येमा पर्ने गर्छ ।