बेलायत र अमेरिकामा युट्युबभन्दा टिकटक हेर्ने धेरै

बेलायत र अमेरिकामा युट्युबभन्दा टिकटक हेर्ने धेरै

काठमाडौं । बेलायत र अमेरिकाका मानिसहरु युट्युबभन्दा धेरै टिकटकमा समय खर्चिरहेको एक रिपोर्टले देखाएको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीले संकलन गरेको तथ्यांकअनुसार औसत युट्युब र टिकटक हेर्ने मानिसहरुमध्ये धेरैले टिकटकमा समय बिताएको पाइएको हो ।

कुल हेर्ने समयमा भने युट्युब नै लोकप्रिय रहेको छ । गुगलको स्वामित्वमा रहेको युट्युबका अनुमानित दुई अर्ब मासिक प्रयोगकर्ता छन् भने टिकटकका सन् २०२० को मध्यसम्म ७० करोड प्रयोगकर्ता रहेका थिए । एप एन्नीले एन्ड्रोइड फोनलाई मात्र आधार मानेर यस्तो तुलना गरेको हो ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar