काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।
सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल र्याडिसनमा औँठी साटासाट गरे।

