काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड इन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ग्रीन डिल अफ द इयर २०२१ को उपाधिले सम्मानित भएको छ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताका आधारमा एनएमबि बैंकलाई एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणि बैंकको रुपमा सम्मान गरेको बैंकले जनाएको छ। आईएफसीसँगको सम्झौताअन्तर्गत एनएमबिले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ। एनएमबि बैंकले ग्रीन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो।