काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सुरुवाती समयमा उच्च गिरावट भएको छ ।
कारोबार सुरु भएको १ घण्टामा ९७.९१ अंकको उच गिरावट हुँदा नेप्से २८२९ विन्दुमा झरेको छ । नेप्से इन्ट्रा डेमा गएको साउन ४ गतेयताकै न्यून विन्दुमा झरेको हो ।
नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट भएको छ । यस अवधिमा ३ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ।