काठमाडौं । फिलिपिन्सले सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, यूएई, ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गर्नुभएको छ ।अत्याधिक सङ्क्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयाबह नभएको निश्कर्ष निकालेको छ ।