काठमाडौं । बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो ।
यसअघि अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म थियो । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले किसानले नै अण्डामा प्रतिक्यारेट ४१० रुपैयाँ पाउन थालेको बताए । होलसेलसम्म पुग्दा ढुवानी लागत जोडिएर प्रतिक्यारेट ४२० रुपैयाँ पुग्ने बताए ।