काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले विभिन्न तहका १३ जना कर्मचारीका लागि जागिर खुलाएको छ । इन्फ्रा एक्सिलेन्स सेन्टर आइइसीका लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धन (रिस्क म्यानेजमेन्ट) का लागि असिस्टेन्ट म्यानेजर १ जना, क्षेत्रीय नेतृत्व (सेक्टरल लिड्स) मा ४ जनाका लागि जागिर खुलाएको हो ।
त्यसैगरी संस्थान तथा सरोकारवाला संलग्नता र नीति कार्यान्वयनमा १ जना, फाइनान्स र अकाउन्ट शाखामा जुनियर अफिसर १ जना, रिस्क म्यानेजमेन्टमा जुनियर अफिसर १ जना, प्रोजेक्ट फाइनान्सिङ्मा जुनियर अफिसर २ जना, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजर पदमा २ जना कर्मचारीका लागि आवेदन माग गरेको हो । इच्छुकले सेप्टेम्बर ८ तारिखसम्ममा आवेदन दिन सक्ने छन् ।
