अमेरिकाका सबैभन्दा अग्लो व्यक्तिको ३८ बर्षको उमेरमा निधन

अमेरिकाका सबैभन्दा अग्लो व्यक्तिको ३८ बर्षको उमेरमा निधन

काठमाडौं । गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका अमेरिकाका सबैभन्दा अग्लो व्यक्ति इगोर वोवकोविस्कीको ३८ वर्षको उमेरमा निधन भएको छ ।

उनी ७ फिट ८ इन्च अग्ला थिए । न्युयोर्कस्थित मेयो क्लिनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पिट्युटरी ग्ल्याण्डमा ट्युमरको दबाबका कारण उनको उचाइँ लगातार बढेको जनाइएको छ । बिरामीका कारण उनलाई हैरानी समेत थियो ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar