अमेरिकामाथि सेना फिर्तीको समयसीमा लम्ब्याउन दबाब

अमेरिकामाथि सेना फिर्तीको समयसीमा लम्ब्याउन दबाब

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले यही अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् ।

साझेदार मुलुकहरूले अफगानिस्तानमा मानवीय उद्धारकार्य नसकिएकोले सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब दिइरहेका बेला यस विषयमा एक दिनभित्र निर्णय गर्ने राष्ट्रपति बाइडनले बताएका हुन ।

अमेरिकाले तोकिएको समयसीमाभित्रै उद्धारकार्य सम्पन्न हुने भन्दै अगष्ट ३१ सम्म सम्पूर्ण सेना फिर्ता गर्ने जनाउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको जनाएको छ ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar