काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो।
आज अन्तिम चरणमा बिहान ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ। साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ।