काठमाडौं । डिम्याट खाता खोल्ने नेपालीको संख्या ४० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबारसम्म ४० लाख ८७ हजार ५५ जनाले डिम्याट खाता खोलेका छन् ।
साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २३५ जनाले डिम्याट खाता खोलेका थिए । यो एक सातामा १ लाख ८ सय २० जनाले डिम्याट खाता खोलेका छन् ।
यस्तै यो अवधीमा मेरो सेयरको प्रयोगकर्ता पनि ३१ लाख, ८४ लाख ४ सय २१ पुगेका छन् । एकसाता अघि यस्तो संख्या ३० लाख ८१ हजार २७२ जना थिए ।
सेयर बजार निरन्तर बढेसँगै डिम्याट खोल्नेको संख्या पनि बढेको छ । जसअनुसार दोस्रो बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढेको छ ।
केहिदिन अघिमात्र आइपिओ बन्द भएको मानुषी लघुवित्तको आइपीओमा मात्र २४ लाख ३ हजार ५५ जना आवेदकले आवेदन दिएका छन् ।