काठमाडौं । महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सम्झौता भएको छ। सो बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग कर्जा सम्झौता गरेको हो।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउन सक्नेछन्। ग्राहकहरुलाई अधिकतम ५ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जानकारी दिएको छ। देशका १ सय ३ वटा शाखाबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ।