एक बर्षमा नेपालीमा १ अर्ब १४ करोडको सियो आयात

एक बर्षमा नेपालीमा १ अर्ब १४ करोडको सियो आयात

काठमाडौं । नेपालले गत बर्ष १ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा सो बराबरको सियो आयात भएको हो ।

जुन अघिल्लो बर्षको तुलनामा करीब २७ प्रतिशतले बढी हो । २०७६/७७ मा ८९ करोड ७८ लाख रुपैयाँको सियो आयात भएको थियो । गत आवमा ३ करोड ४४ लाख ६७ हजारको कपडा सिलाउने सियो आयात भएको छ । अस्पतालमा प्रयोग हुने सियोको आयात भने अत्यधिक मात्रामा हुने गर्छ । गत बर्ष १ अर्ब १० करोड ४२ लाख बराबरको अस्पतालमा प्रयोग हुने सियोको आयात भएको छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar