काठमाडौंमा यी व्यक्तिलाई दिइँदै छ अष्ट्राजेनिकाको खोप

काठमाडौंमा यी व्यक्तिलाई दिइँदै छ अष्ट्राजेनिकाको खोप

काठमाडौं । काठमाडौं जिल्लामा भदौ १ गतेदेखि नौवटा लक्षित वर्ग तोकेर कोभिड–१९ विरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज दिइँदै छ ।

महानगरपालिकाभित्र ६ वटा अस्पताल र अरू सबै नगरपालिकामा केन्द्र तोकी खोप दिइएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

यस्तै, पहिलो डोज कोभिशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाई समेत यो अभियानमा अष्ट्राजेनिका खोप दिइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar