काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ।
मंगलबार १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।