नेपाल आउने पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था हटाउन सरकार तयार

नेपाल आउने पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था हटाउन सरकार तयार

काठमाडौं । पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएका छ । नाट्टा, टान, हान, एनएमए, एचआरए लगायतका संघसंस्थाका पदाधिकारीहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोनाले करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्र पुन सुचारु गर्नका लागि खोप मात्रै एक विकल्प रहेकाले छिटो भन्दा छिटो सबै नागरिकलाई खोप लगाउने वातावरण मिलाउन आग्रह गरेका हुन ।

यस्तै व्यवसायीहरुले कोरोना विरुद्धको खोपको पूरा मात्रा लगाएर नेपाल घुम्न आएका पर्यटकलाई पिसिआर गराई क्वारेनटाइन बस्नुपर्ने व्यवस्था हटाउन पनि माग गरेका छन् । कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरे पनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजत रुपमा घुम्ने वातावरण निर्माण गर्नुपर्ने व्यवसायीहरूको माग छ । यस्तै स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरूको सुझाव छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्यासँग आफू जानकार रहेको र फ्रान्लाटइनरलाई खोप लगाउन कसरत गरिरहेको भन्दै क्वारेनटाइनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेकाले केही दिन भित्रमा नै निर्णय गरेर सूचना निकालिने आश्वासन दिनुभएको टानका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए । पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिने समेत मन्त्री श्रेष्ठले बताए ।

अध्यक्ष सुवेदीले सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरू खुलेनन् भने पर्यटन व्यवसायीहरू पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा राज्यलाई नै ठुलो क्षति हुने समयमै सचेत हुन पुनः आग्रह गरे ।

यस्तै नाटाका अध्यक्ष अच्युत गुरागाईँले व्यवसायीहरू सूचनाबाट टाढिनु परेको र गलत सूचनाको सिकार हुनुपरेको कुरा जानकारी गराउँदै सीसीएमसीको टिममा एक जना भए पनि पर्यटन व्यवसायीलाई सहभागी गराउन आग्रह गरे ।

प्रकाशित मिति:     १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar