लगानी बोर्डले गर्यो १३६ अर्ब लगानी स्वीकृत

लगानी बोर्डले गर्यो १३६ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डमार्फत निर्माण हुने विभिन्न आयोजनाहरु निर्माणका लागि १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यस्तै ४ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

यसमध्ये गत वर्ष १ खर्ब ५० अर्ब रुपैयाँ लगानी अनुमान रहेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना विकासको लागि छनौट गरिएको विकासकर्तासँग समझदारी गरि सर्वेक्षण अनुमतिपत्र समेत जारी भएको बोर्डले जनाएको छ ।

बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत, ह्वासिन सिमेन्ट लगायतका परियोजनाको निर्माण प्रगति उल्लेख्य रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए । दमक औद्योगिक पार्क लगायत दाङ्ग सिमेन्ट, सम्राट सिमेन्ट परियोजनाहरू सम्झौताका चरणमा रहेको उनले जानकारी गराए । कोभिड महामारीको प्रभाव, दक्ष जनशक्तिको अपर्याप्तता लगायतका केही चुनौतीका बाबजुद कार्यसम्पादन करारमा उल्लेखित सम्पूर्ण कार्यहरु सम्पन्न भएका जानकारी दिए ।

प्रकाशित मिति:     १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar