एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ। १२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको हो।
अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार अहिले अमेरिकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेहरूमध्ये बालबालिकाको संख्या २.४ प्रतिशत छ। यसअघि बालबालिकामा कोरोनाभाइरसको कमै संक्रमण हुने र संक्रमण भए पनि जटिलता कम हुने विश्वास गरिन्थ्यो।