काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७–७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब ५२ करोड ६६ लाख ५६ हजार रुपैयाँको केरा भित्रिएको थियो।गत वर्ष ५ करोड ८४ लाख ६५ हजार २०३ केजी केरा आयात गरेको विभागले जनायो।