काठमाडौं । कोभिड–१९ विरुद्धको खोप किन्नका लागि नेपाल सरकारलाई एशियाली विकास बैंक (एडीबी) ले १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ ।उक्त सम्झौता पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप किनेर नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् । एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिनेगरी सम्झौता गरेको हो ।