इनार खन्दा श्रीलंकामा झन्डै १२ अर्बको नीलमणि भेटियाे

इनार खन्दा श्रीलंकामा झन्डै १२ अर्बको नीलमणि भेटियाे

काठमाडौं । श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।

विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्।
गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ। ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए। त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो।

प्रकाशित मिति:     १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar