सेयर बजारमा फेरि नयाँ रेकर्ड

सेयर बजारमा फेरि नयाँ रेकर्ड

काठमाडौं। सेयर बजारमा फेरि नयाँ रेकर्ड बनेको छ। आज २९९९ अंकदेखि ३०८६ अंकसम्मको उतारचढावबीच बजारले अन्तत ३०७९ विन्दुको नयाँ रेकर्ड बनाएको हो।

सूचकसंगै कारोबार रकम पनि आज बढेको छ। मंगलबार सवा १५ अर्ब रुपैयाँ पुगेको हो। बजार सूचक र कारोबार रकम दुवैलाई उचाल्नमा उत्पादन, जीवन बीमा र जलविद्युत समूहमा आएको उछाल महत्त्वपूर्ण रह्यो।

खानिखोला, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी र घलेम्दी हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ।

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar