गत वर्षमा नेपालीले एक खर्ब ६० अर्बको पेट्रोलियम पदार्थ प्रयोग गरे

गत वर्षमा नेपालीले एक खर्ब ६० अर्बको पेट्रोलियम पदार्थ प्रयोग गरे

काठमाडौं। गत आर्थिक वर्ष २०७७–७८मा नेपालमा भारतबाट एकखर्ब ६० अर्ब ५४ करोड ४४ लाख रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ।

भन्सार विभागका अनुसार गत वर्ष ९१ अर्ब ९४ करोड ८१ लाख रुपैयाँको डिजेल, ३६ अर्ब १५ करोड २९ लाख रुपैयाँको एलपी ग्यास र ३२ अर्ब ४४करोड ३३ लाख रुपैयाँको पेट्रोल आयात गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको भारतसँग आठखर्ब६५अर्ब २३ करोड१८ लाख रुपैयाँ व्यापार घाटा रहेको छ। गतवर्ष भारतबाट नेपालमा नौ खर्ब ७१ अर्ब ६० करोड ३९ लाख रुपैयाँको वस्तु आएको छ ।

प्रकाशित मिति:     ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar