काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुले राजीनामा दिएसँगै आयोग खाली भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै आयोगका उपाध्यक्ष पुष्प कँडेल सहित अन्य सदस्यहरुले पनि राजीनामा दिएका हुन ।
भावी उपाध्यक्षका लागि नेपाली कांग्रेसका डा.पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी, डा. विश्व पौडेल र नेकपा माओदावी केन्द्र नजिक रहेका डा. मिन श्रेष्ठको नाम चर्चामा रहेको छ।राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ २०७३ सालमा पनि उपाध्यक्ष बनेका थिए ।
कांग्रेस र माओवादीको सहमतिमा उपाध्यक्षको नियुक्ती गरिने छ।
उसो त उपाध्यक्षमा डा. गोविन्दराज पोखरेल, डा. स्वर्णिम वाग्लेको पनि चर्चा छ। तर उनीहरुले यसअघि नै नियुक्ती पाइसकेकाले यसपटक नयाँले नै नियुक्ती पाउने सम्भावना रहेको छ ।