मानुषी लघुवित्त र सानिमा लाइफले आइपीओ जारी गर्दै

मानुषी लघुवित्त र सानिमा लाइफले आइपीओ जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ बैशाख १३ गते बार्डसँग शेयर बिक्रीका लागि अनुमति माग गरेका थिए । सानिमा लाईफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ जारी गर्नेछ ।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar