कोरियामा नेपाली मजदुरको न्यूनतम तलब दुई लाख पुग्यो

कोरियामा नेपाली मजदुरको न्यूनतम तलब दुई लाख पुग्यो

काठमाडौं । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौहजार १६० कोरियन वन कायम गरेको हो।

यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठघण्टा मात्र काम गर्दा पनि मासिक१९ लाख १४ हजार ४४० वन हुनेछ। यो रकम झण्डै नेपाली रु दुईलाख बराबर हो।

प्रकाशित मिति:     २९ असार २०७८, मंगलवार  |    Himali Khabar