काठमाडौं । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ ।
सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।
भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।