पाँच विद्यार्थी संगठनले शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध गरे

पाँच विद्यार्थी संगठनले शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध गरे

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् ।

विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar