एजेन्सी। बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११ जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ। अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरसका कारणभन्दा भोकमरीबाट मर्नेको संख्या ठूलो रहेको उल्लेख गरिएको छ।
कोरोनाबाट विश्वमा प्रत्येक मिनेट सातजनाको मृत्यु हुने गरेको छ। कोरोना कालमा विश्वमा सेनामाथि हुने खर्च ५१ अर्ब डलर बढेको तर भोकमरीमा परेका गरिबको सहयोगको लागि रकम जुट्न नसकेको बताइएको छ।