एमाले बिवाद : लगभग समाधानको विन्दुमा पुगेको नेताहरुको दाबी

एमाले बिवाद : लगभग समाधानको विन्दुमा पुगेको नेताहरुको दाबी

काठमाडौं । नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको छ । आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए । हरेक दिनको बैठकमा प्रगति भइरहेको उनले उल्लेख गरे । सकभर आज बेलुकाकै बैठकमा समाधानमा पुग्ने प्रयास रहने उनको भनाइ छ ।

यसैगरि, ओली पक्षका नेता सुवास नेम्वाङले बाहिर चर्चा भएजस्तो अवस्था नभएको बताए । उनले वार्ता सकारात्मक रहेको बताए ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar