कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ गाडी

कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ गाडी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट ‘उपहार पाएको’ सरकारी गाडी फिर्ता गरेका छन् ।

मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ प्राडो गाडी कांग्रेस नेता शाहीले फिर्ता गरे

आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीले कांग्रेस नेता शाहीलाई बा २ झ ५७९३ नम्बरको प्राडो निजी नम्बर प्लेटमा राख्न लगाएर ‘उपहार स्वरुप’ दिएका थिए ।

सञ्चारमाध्यममा प्राडो ‘उपहार दिएको’ समाचार आएपछि कांग्रेस नेता शाहीले मुख्यमन्त्री शाहीलाई गाडी फिर्ता गरेको शाहीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar