काठमाडौं । अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। गए राती आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।
अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग बाढीले बगाएको छ। बाढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा-बारपाक सडक अवरुद्ध भएको छ।