सांसदका छोरा पुर्पक्षका लागि जेल चलान

सांसदका छोरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोबिन भनिने रबिनसिंह कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन्।

मदिरा सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएको आरोपमा सवारी ज्यान मुद्दा खेपिरहेका विराटनगर–५ बरगाछीका कार्कीलाई मोरङ अदालतका न्यायाधीश सुदर्शनन लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत जेठ २० गते कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar