मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन खुल्ला, कति दिने आवेदन ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन खुल्ला, कति दिने आवेदन ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता बिक्री खुला गरेको हो ।

आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिनसकिने छ । कुल कित्तामध्ये ०.५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता छुट्याइएको छ ।

उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar