स्लोभाकियामा उड्ने कारको सफल उडान परीक्षण

स्लोभाकियामा उड्ने कारको सफल उडान परीक्षण

बीबीसी। हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थानबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकताअनुसार विमान वा कारको रुप धारण गर्नसक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ।

यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार एकहजार किलोमिटरसम्म आठ हजार दुईसय फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar