कोरोनाको डेल्टा भेरियन्ट सबैभन्दा संक्रामक भएको डब्ल्युएचओको निश्कर्ष

कोरोनाको डेल्टा भेरियन्ट सबैभन्दा संक्रामक भएको डब्ल्युएचओको निश्कर्ष

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको ‘डेल्टा’ स्वरुप सबैभन्दा धेरै खतरनाक भएको बताएको छ । विश्वमा फेरि दुत्र गतिमा फैलिरहेको डेल्टा भेरियटको कोरोना भाइरसको प्रकोपप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनले यो सबैभन्दा जोखिमयुक्त स्वरुप भएको बताएको छ ।

संगठनका प्रमुख टेड्रोस एडहेनोम गेब्रेयेससका अनुसार भारतमा पहिलो पटक पाइएको डेल्टा भेरियन्ट सबैभन्दा धेरै संक्रामक रहेको देखिएको छ । उनले यो भेरियन्ट विश्वका ८५ देशमा फैलिरहेको समेत बताएका छ्न् । उनले विश्वमा हालसम्म पाइएका भेरियन्टमध्ये यो भेरियन्ट सबैभन्दा धेरै संक्रामक देखिएको बताएका हुन् । टेड्रोसका अनुसार खोप नलगाएका मानिसमा यो भेरियन्ट निकै चाँडो फैलिरहेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘अहिले विश्वभरमा डेल्टा भेरियन्टको कोरोना संक्रमणलाई लिएर निकै चिन्ता छ । डब्ल्युएचओ पनि यसलाई लिएर चिन्तित छ ।’ हाल विश्वभर नै संक्रमण कम भएको भन्दै स्वास्थ्य मापदण्डमा लापरबाही भइरहेको बताउँदै उनले यो भेरियन्टको संक्रमणले अर्को लहरको महामारी निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

उनले संक्रमण बढिरहनुले थप स्वरुपहरु पनि देखिनसक्ने बताएका छन् । उनका अनुसार संक्रमणको गति कम भएमा नयाँ स्व्रुपमा भारस विकास नभएको मानिने र संक्रमण अधिक भएमा संक्रमण बढि देखिएको मानिन्छ ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar