काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०.५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबी’ माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ ।