काठमाडौं । मंगलबारदेखि जारी निषेधाज्ञा खुकुलो भए पनि उपत्यका बाहिर गएकाहरूले सहजै प्रवेश नपाउने भएका छन् ।
बाहिरी जिल्लाका मानिसले उपत्यका प्रवेश गर्न चाहेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा मात्र प्रवेश पाउने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उपत्यकामा लागू गरिएको जोरबिजोर बाहिरी जिल्लाबाट प्रवेश गर्ने सवारीसाधनका लागि लागू भएको छैन । जनजीवन सहज बनाउनका लागि मात्र निषेधाज्ञा खुकुलो बनाएको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना र नाकामा कडाइ गरिने जनाइएको छ।