बेथानचोक जेसीजद्वारा विभिन्न संस्थाको सहकार्यमा वक्तृत्वकता कार्यक्रम सम्पन्न

बेथानचोक जेसीजद्वारा विभिन्न संस्थाको सहकार्यमा वक्तृत्वकता कार्यक्रम सम्पन्न

काठमाडौं, ६ असार । बेथानचोक जेसीज, हातेमालो युवा समाज, पार्वती एलुम्नाई एशोसियशन र बेथानचोक क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भर्चुवल माध्यमबाट वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । ‘बेथानचोक क्षेत्रमा पर्यटकीय सम्भावना, पर्यटन विकास र प्रवर्द्धनमा युवाको भूमिका’ शीर्षकमा वक्तृत्वकला कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा बिष्मिता तिमल्सिना प्रथम, उपा शंकर द्वितिय, सुरक्षा अधिकारी तृतीय भएका छन् भने कमल नेपालले सान्त्वना पुरस्कार पाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले उपस्थिति जनाउनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिको रुपमा नेपाल जेसीज बर्ष २०२१ का डाईनामिक लिडर जेसीआई सिनेटर अरुणेश्वर खनाल, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले उपथिति जनाएका थिए भने आतिथिहरुमा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निर्णायक जेसी शिव प्रसाद भुषाल, राष्ट्रिय कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा, राष्ट्रिय महासचिव जेसीआई सिनेटर विकास मानन्धर, राष्ट्रिय उपाध्यक्ष जेसी बिमला सुवेदी कार्की र देशभरका करिब ४० शाखाका शाखा अध्यक्ष तथा पदाधिकारीले उपस्थिति जनाएका थिए ।

त्यसैगरी निर्यायक मण्डलका संयोजकमा जिल्ला शिक्षा तथा समन्वय ईकाई नुवाकोटका प्रमुख अर्जुन बहादुर श्रेष्ठ थिए भने अर्का निर्णायक साहित्यकार रमेश सागर रहेका थिए ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar