विदेश भ्रमणमा जान यी २२ निजी अस्पतालको पीसीआर रिपोर्ट मान्यता हुने

विदेश भ्रमणमा जान यी २२ निजी अस्पतालको पीसीआर रिपोर्ट मान्यता हुने

काठमाडौं। सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले तोकेका निजी अस्पतालमा ग्रान्डी, कान्तिपुर, स्टार, ह्याम्स, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बी एन्ड बी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेज रहेका छन्। 

यस्तै, नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युनिभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर र लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो।

प्रकाशित मिति:     ५ असार २०७८, शनिबार  |    Himali Khabar