काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य गिरावटसँगै बन्द भएको छ। कारोबार खुलेदेखि नै घट्न थालेको सेयर बजार अन्तिममा १.२९ अंकले घटेर बन्द भएको हो।
२९८२ अंकबाट खुलेको बजार घटेर २९४५ अंकसम्म पुगेको थियो। दिनभरी नागबेली चालमा उतराचढाव भोग्दै बजार अन्तिमसमयमा सम्हालिँदै बन्द भएको हो।
कारोबार भने १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको भएको छ । पछिल्लो केही दिनयताको तुलनामा यो कारोबार रकम निकै कम हो ।