राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्।

मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।

प्रकाशित मिति:     ३ असार २०७८, बिहीबार  |    Himali Khabar