नेप्सेले ३ हजार विन्दु पार गर्यो

नेप्सेले ३ हजार विन्दु पार गर्यो

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार विन्दु माथि उक्लिएको छ। यो हालसम्मकै नयाँ रेकर्ड हो ।

आइतबारमात्रै २९८३ विन्दुमा पुगेर बन्द भएको थियो ।

कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको थियो । पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र कोरोनाले लगानीको क्षेत्र खुम्चिदा लगानीकर्ताहरुको आकर्षणले बजारमा निकै देखिएको छ ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar