लुम्बिनी प्रदेसदसभाको नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेसदसभाको नीति तथा कार्यक्रम पारित

दाङ। लुम्बिनी प्रदेशमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सदस्यले हात उठाएर समर्थ जनाए। प्रदेश प्रमुख धर्मनाथ साहले जेठ२५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी गठबन्धनमा छन् ।

विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेको समयमा आइतबार बहुमतले पास भएको हो ।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar