बेलायतमा जी–७ को बैठक सुरु

बेलायतमा जी–७ को बैठक सुरु

एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो।

सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन छैन। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सहभागिता जनाउनेछन्।

प्रकाशित मिति:     २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar