सेयर बजारमा सामान्य गिरावट आउँदा १६ अर्वको कारोबार

सेयर बजारमा सामान्य गिरावट आउँदा १६ अर्वको कारोबार

काठमाडौं । सेयर बजार बिहीबार सामान्य रहेको छ । नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा रोकिदा १६ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

यस दिन हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक समूहमा आकर्षण देखिएको छ । १२ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।

यसरी वृद्धि हुनेमा अधिकांश हाइड्रोपावर समूहकै कम्पनीहरु रहेका छन् ।

कारोबारमा आएका १३ मध्ये ६ वटा समूहको सूचक बढेको छ । २२० कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । ८३ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एचआइडीसीएल अग्रस्थानमा रहेको छ ।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar