मौलाकालिकामा डेढ अर्ब लगानीमा केबलकार निर्माण सुरु

मौलाकालिकामा डेढ अर्ब लगानीमा केबलकार निर्माण सुरु

काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो।

स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर र १२ वटा डब्बा रहने छन्। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar